
काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १ सय २२ वटा दल दर्ता भएका छन् । आयोगले हालसम्म १ सय २२ राजनीतिक दल दर्ता भएको जनाएको छ ।
आयोगले आइतबार गरेको पत्रकार सम्मेलनमा २८ वटा दल दर्ताको प्रक्रियामा रहेको जानकारी दिएको छ । आयोगका अनुसार दर्ताको क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ ।
आयोगले दिएको जानकारी अनुसार ७ वटा राजनीतिक दलहरू खारेज भएका छन् । प्रक्रिया पूरा नगरिकन दर्ताका लागि आएका दलहरुलाई आयोगले मान्यता नदिएको हो ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको थियो । आइतबार दल दर्ताको अन्तिम दिन हो ।
























