
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल बुधबार पदमुक्त भएका छन् । उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
प्रदेशसभाको दुईतिहाइ बहुमतले प्रस्ताव पारित गरेपछि उनी पदमुक्त भएका हुन् । प्रस्ताव पारित हुनलाई ७२ मत आवश्यक थियो । तर, ७६ मत खस्यो ।
पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएपछि मण्डल पदमुक्त भए । उपसभामुख बबिताकुमार राउत ईशरले प्रदेशसभा बैठकमा सभामुख मण्डल पदमुक्त भएको घोषणा गरिन् ।
सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै ७ दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले गत कात्तिक २७ गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
























