कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार ०७:०४

काठमाडौं । महाधिवेशनकाे मीति विवादका कारण पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज मंसिर ४ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुनेछन् ।

गत २८ असोजबाट सुरू भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो  । त्यसपछि कात्तिक २९ गते र मंसिर १ गते बस्ने भनिएका बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि निर्धारण गरिएको थियो ।

जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.