
काठमाडौ । नेकपा एमालेकाे एघारौं महाधिवेशनमा अध्यक्षमा उठ्ने ईश्वर पोखरेलले घाेषणा गरेका छन् । उनले केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने घाेषणा गरेका हुन् ।
महाधिवेशन तयारीका निम्ति उपसमितिहरू गठन गर्ने मुख्य एजेण्डासहित बिहीबार बसेकाे सचिवालय बैठकमा उनले चुनाव लड्ने घाेषणा गरे । उनकाे घाेषणाले सर्वसम्मत हुने ओलीकाे चाहानामा ब्रेक लागेकाे छ ।
‘केपी ओलीले अध्यक्ष छोड्न सकिन्नँ भन्नुभयो, ईश्वर पोखरेलले म प्रतिस्पर्धा गर्छु भन्नुभएकाे छ ,’ सचिवालय बैठक भन्छन्,‘ औपचारिक रुपमै नेतृत्वको संघर्ष सुरु भयो ।’
बैठक सकिएपछि निर्णयहरू सुनाउने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले स्वस्थ प्रतिस्पर्धालाई स्वीकार गरेर जानेबारे छलफल भएको बताएका थिए ।
बैठकमा ओलीले राजनीतिक परिस्थितिबारे व्याख्या गर्दै एकताबद्ध हुनुपर्ने निष्कर्ष सुनाएका थिए । एकताबद्ध हुनलाई नेतृत्वमा सहमति आवश्यकता रहेको उनको भनाइ थियो ।
























