प्रतिनिधिसभा निर्वाचनका लागि ३७ दल दर्ता, कांग्रेस–एमाले जान बाँकी

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ५, शुक्रबार १८:२६

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा ३७  दल दर्ता भएको छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आह्वान गरेको थियो । शुक्रबारसम्म ३७ वटा दल दर्ता भएका हुन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाललगायत रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरू प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा जान बाँकी छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा हालसम्म दर्ता भएका दलको संख्या भने १२६ छ ।  ती मध्ये ३७ दलले प्रतिनिधि सभाको चुनाव लड्ने गरी दल दर्ता गरेका हुन् ।

मंसिर १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय छ । फागुन २१ गते हुने निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेकाहरुले मतदान गर्न पाउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.