
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको गुनासो गरेका छन् ।
अन्तरिम सरकार र विभिन्न शक्तिले नक्कली जेनजी परिचालन गरेर राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको गुनासो गरेका हुन् ।
शुक्रबार नेशनल भोलेन्टियर फोर्सको घोषणा गर्दै ओलीले विभिन्न शक्ति र सरकारले नक्कली जेनजी परिचालन गरी राजनीतिक दलका गतिविधिलाई निषेध गर्न खोजेको आरोप लगाए । उनले जेनजीको नाममा उपद्रो मच्चाउन नपाइने बताए ।
अध्यक्ष ओलीले सरकारले निर्वाचनको रटान लगाएपनि शान्तिपूर्ण भेला सभा आयोजना गर्ने वातावरणसम्म बनाउन नसकेको पनि दाबी गरे ।
अध्यक्ष ओलीले १२५ दललाई वार्तामा बोलाएर प्रधानमन्त्रीले एमाले र कांग्रेसको अपमान गरेको पनि दाबी गरे ।
























