
काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङको अग्रसरतामा दर्ता भएको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
कुलमान घिसिङ अगुवाईमा दर्ता भएको पार्टीको अध्यक्ष अनुपकुमार उपाध्याय छन् । चुनाव चिह्न बलेको चिम राखिएको छ ।
पार्टीमा ५१ जना केन्द्रीय समिति सदस्य छन् ।
























