‘वर्तमान सरकार विध्वंशको जगमा खडा छ, निर्वाचनको बाटोमा छैन’

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १४:०९

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार ‘विध्वंशको जगमा’ खडा भएको गम्भीर आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यो सरकारले निर्वाचन गराउने बाटोमा आफूलाई नबढाएको दाबी गरे ।

‘विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ,’ पोखरेलले भने, ‘म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।’

महासचिव पोखरेलले शान्ति सुरक्षाका विषयमा पनि सरकार असफल भएको बताए । उनले प्रहरीको मनोबल बढाउने र प्रहरी सङ्गठनलाई सक्षम बनाउने कुरामा सरकार उदासीन रहेको जिकिर गरे ।

‘जबसम्म प्रहरीलाई सक्षम र सबल बनाइँदैन, तबसम्म मुलुकमा शान्ति सुरक्षा हुन सक्दैन भन्ने कुरालाई सरकारले उपेक्षा गरिरहेको छ,’ पोखरेलले थपे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.