कांग्रेसद्वारा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १३:३९

काठमाडौँ । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर दुवै निर्वाचनका लागि पार्टी दर्ता गराएका हुन् ।

मुख्यसचिव पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्ता भइसकेको जानकारी दिएका छन् । शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले दुवै निर्वाचनका लागि पार्टी दर्ता गर्ने र त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिने निर्णय गरेको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ साल माघ ११ गते तथा प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने तय भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.