नयाँ राजनीतिक दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १४:२३

काठमाडौँ । नेसपा (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा छाडेका सन्तोष परियारसहितका समूहहरूबीच एकता भएर नयाँ राजनीतिक दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा गरिएको छ ।

आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको औपचारिक घोषणा गरिएको हो । नयाँ पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहनेछ । पार्टीको चुनाव चिन्ह ‘आँखा’ रहनेछ, जुन यसअघि नेसपा (नयाँ शक्ति) ले प्रयोग गर्दै आएको थियो ।

कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियारलगायतका समूहहरूबीच एकता गर्ने सहमति भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.