राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्याे

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ९, मंगलबार १४:०९
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गरिएको जानकारी पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार यथास्थितिमा हुने निर्वाचनबाट देशले निकास नपाउनेमा राप्रपा प्रस्ट रहेको छ ।

यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रस्ट रहे पछि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राप्रपा दर्ता भएको, उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.