जेनजी आन्दोलनको आवरणमा आगजनी गरेर ध्वस्त पारिएको सर्वोच्च अदालत ।काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दिएकाे रिट निवेदन दर्ता भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले नेताद्वय महेश बर्तौला र सुनिता बरालले सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।
उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । सर्वाेच्चले मंसिर १७ गतेका लागि पेशी तोकिएको तोकेको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट बाहिरिएका थिए ।
उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका थिए । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै आएको एमाले पुनर्स्थापनाको पक्षमा उभिएको छ ।
























