कांग्रस उपसभापति भन्छन्‘फागुन २१ गते कहाँबाट चुनाव हुन्छ ?’

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १८:००

विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फागुन २१ गते निर्वाचन नहुने बताएका छन् । उपसभापति गुरुङले सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने बताएका हुन् ।

बिहीबार विराटनगरमा आयोजित नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास बैंकको आठौँ केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै उनले तत्काल कहाँबाट चुनाव हुन्छ भन्दै प्रश्न गरेका हुन् ।

प्रहरी र सुरक्षा निकायको मनोबल उच्च नबनाएसम्म चुनाव हुन नसक्ने उनको भनाई छ ।

‘परमाधीपति राष्ट्रपतिको शितल निवास कार्यालय जलाउन ग्वार्र जाँदा सेना गोडाफाट नगरी सतर्क उभिरहने भएपछि यो देशमा कहाँबाट शान्ति सुरक्षा कायम हुन्छ,’ सेनामाथि प्रश्न गर्दै उनले भने,‘ कहाँबाट चुनाव सम्पन्न कसरी गर्ने ?’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.