
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमाले नेताहरुलाई बोलाएर संस्थागत रूपमै चुनाव जाने निर्णय गर्न आग्रह गरेकी छन् ।
एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्तामा गएपछि प्रधानमन्त्री कार्कीले नेताहरूलाई बिहीबार बालुवाटारमा बोलाएर संस्थागत रूपमै निर्वाचनमा जाने निर्णय गर्न आग्रह गरेकी हुन् ।
उनले एमालेले देखाएका सुरक्षा लगायतका चासोहरुलाई सम्बोधन गर्न सरकार लागिरहेको उल्लेख गरिन् ।
बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाका अनुसार सरकारको गठनको विषय नै संवैधानिक परीक्षणको क्रममा रहेकाले यसको छिनोफानो भएपछि मात्र अन्य विषयमा अघि बढ्ने धारणा एमाले नेताहरूले राखेका थिए ।
























