एमाले महाधिवेशन प्रतिनिधि छनाेट : क्षेत्र नम्बर ४ मा संस्थापन समूह विजयी

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार ०७:४८

विराटनगर । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएकाे निर्वाचनमा माेरङ क्षेत्र नम्बर ४ बाट संस्थापन समूहका पाँच जना विजयी भएका छन् । साे क्षेत्रबाट छानिने ६ प्रतिनिधि मध्ये संस्थापन समूहबाट पाँच जना निर्वाचित भएक हुन् ।

एक जना मात्रै पोखरेल समूहबाट निर्वाचित भए । माेरङका पूर्वअध्यक्ष बाबुराम कार्की ९ मतान्तरले पराजित भए । पाेखरेल समूहका भट्टराईले ७६५ ल्याउँदा  कार्कीले ७५६ मत पाए ।

क्षेत्र नम्बर ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, महेशप्रसाद भट्टराई,विमला घिमिरे, गुणावती देवी थारु र राम पोखरेल निर्वाचित भए । निर्वाचित भट्टराई इतर पक्षका हुन् । इतर समूहमा रहेका बुढाथाेकी केही समयअघि संस्थापन समूहमा गएका थिए ।

४६ प्रतिनिधि मध्ये ३८ प्रतिनिधि चयनका लागि मतदान भएको थियो । ८ प्रतिनिधि निर्विरोध निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.