बालेनसँगकाे फाेटाे सार्वजनिक गर्दै घिसिङले भने,‘हामी सँगै छौं’

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार २२:०६

काठमाडौं । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका उर्जा तथा भाैतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । आइतबार उनले फाेटाे सार्वजनिक गरेका हुन् ।

फाेटाे सार्वजनिक गर्दै घिसिङले फेसबुकमा लेखेका छन्– ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.