विराटनगर । १५ वामपन्थी राजनीतिक दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले आज साेमबार विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ ।
एकताको सन्देश तल्लो तहसम्म पुऱ्याउनका लागि सन्देशसभा आयोजना गर्न लागेकाे हाे ।
विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुनेछ ।
१० हजार समर्थक उपस्थीति हुने दाबी गरेको सभामा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।