क्रान्तिकारी चरित्र र राष्ट्रियता रक्षाका लागि एकता: नेपाल

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार १६:१८

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्र र राष्ट्रियताको रक्षा का लागि विभिन्न कम्युनिस्ट पार्टीबीच एकता भएको बताएका छन्।

विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको पिरमार्कालाई सम्बोधन गर्न र सबै किसिमको विकृति अन्त्य का लागि नयाँ सोच बोकेर पार्टी अघि बढेको स्पष्ट पारे।

नेता नेपालले पार्टीका राम्रा काममा गौरबबोध गर्ने र कमजोरीहरूलाई सुधार गर्ने संकल्प गर्न कार्यकर्ताहरूलाई आग्रह गरे। उनले पार्टीलाई गतिशील बनाउन र आउने चुनावबाट देश बनाउने पार्टीलाई ठूलो शक्ति बनाउने अभियानमा जुट्न पनि आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.