श्रम संस्कृति पार्टीकाे मूल सिद्धान्त ‘हर्कवाद’

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १८:०९
फायल फोटो ।

विराटनगर । हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा गरेको छ ।

मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको सिद्धान्त हर्कवाद बनाउने घोषणा गरेको हो ।

प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै अध्यक्ष साम्पाङले श्रमदानलाई आधार बनाएर पार्टीको सिद्धान्त हर्कवाद बनाइएको बताए ।

हर्क साम्पाङले जारी गरेको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.