कांग्रेस नेता यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १५:४२

जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सात दलीय गठबन्धनभित्र सहमति भएको छ ।

बिहानैदेखि चलेको छलफलपछि यादवको नाममा गठबन्धनका दलहरूबीच सहमति जुटेको एक प्रदेश सांसदले जानकारी दिए ।

अहिले प्रदेश सांसदहरूले समर्थनपत्रमा हस्ताक्षर गर्ने काम भइरहेको छ । सात दलीय गठबन्धनले अब प्रदेश प्रमुखसमक्ष यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.