
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन् । निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा उनले तयारी सुनिश्चित भएको बताए।
सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध मिलायो र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोहीअनुसार काम गरिरहेकोले निर्वाचनको वातावरण थप सुनिश्चित भएको कार्यबाहक प्रमुख आयुक्त भण्डारीले बताए।
उनले आजै प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा आयोगले निर्वाचनका लागि आफू पूर्ण तत्पर रहेको स्पष्ट राख्यो।
कार्यबाहक प्रमुख आयुक्त भण्डारीले बजेटको केही अपर्याप्तता भए पनि अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम निकासा दिने प्रतिबद्धता दियो। अब आयोगले नियमित कार्यक्रम अघि बढाउने उनले बताए। यो कुरा सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनिएको उनले उल्लेख गरे।

























