
विराटनगर । मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित पोखरीमा शनिबार बिहान महिलाको शव फेला परेको छ ।
जहदा–४ की ६० वर्षीया डोमा महतोको शव भेटिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बिहान ८ बजेतिर शव फेला परेको हो ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको जानकारी प्रहरीले दिएको छ । पोखरीमा महिला कसरी डुब्न पुगिन् भन्ने यकिन हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर दाहालले बताए ।

























