मधेशको नयाँ सत्ता समीकरण देशभर फैलिने प्रचण्डको दाबी

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार १६:४५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता गठबन्धनको प्रत्यक्ष प्रभाव अब अन्य प्रदेशहरूमा पनि पार्ने दाबी गरेका छन् ।

मधेश प्रदेशस्तरीय एकता सन्देश सभामा बोल्दै उनले मधेशमा स्थापित भएको ‘नयाँ राजनीतिक संयोजन’लाई देशव्यापी प्रक्रियाको सुरुवात भनेका छन् । ‘मधेश प्रदेश सरकार गठनका क्रममा लामो समयदेखि कायम रहेको तथाकथित सत्ता समीकरण भंग भएर नयाँ सहकार्यको ढाँचा बनेको छ,’ उनले भने, ‘यही ढाँचा अब क्रमशः सबै प्रदेशमा देखिन थाल्नेछ ।’

जनजीवनमा पर्याप्त परिवर्तन नआएपछि उत्पन्न जनअसन्तोष र जेनजी आन्दोलनले राजनीतिक शक्तिहरूलाई आत्मसमिक्षा गर्न बाध्य बनाएको उनले बताए ।
प्रचण्डले जेनजी आन्दोलनपछि विभिन्न वामपन्थी धाराहरूलाई पुनः एकताबद्ध गर्दै नयाँ दिशा र रूपान्तरणसहित मुलुकलाई विकासतर्फ लैजाने प्रक्रिया तीव्र गरिएको उल्लेख गरे ।

जनताको एकताबाट मात्रै प्रतिगमन र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न सकिने भन्दै उनले त्यसको नेतृत्व नेकपाले गर्ने दाबी दोहोर्याए । उनले एमालेभित्रका वामपन्थी तथा क्रान्तिकारी समूहसँगै अन्य कम्युनिस्टहरुलाई पनि नेकपामा समेट्दै लैजाने धारणा राखे ।

मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट नेतृत्वको सरकारले सुरु गरेको दाबी गर्दै ती योजनालाई सफल निष्कर्षमा पुर्याउने जिम्मा पनि कम्युनिस्ट सरकारले नै लिनुपर्ने उनको मत थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.