
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै ‘जेन-जी’ युवाहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन्।
मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ अभियान का एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका हुन्।
जेन-जीको बलबाट प्रधानमन्त्री भएकी अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेन-जीका मागहरूलाई बेवास्ता गरेर चुनावको मात्रै रटान लगाएको अभियानका युवाहरूको आरोप छ।
‘गरिखान देऊ’ अभियानले विभिन्न मागहरू राख्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएको गुनासो गरेको छ। यसै कारणले गर्दा अभियानले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबार र बालुवाटारमा पटक-पटक प्रदर्शन गर्दै आएको छ।

























