पश्चिमी वायुकाे प्रभाव: कस्तो रहला आजको माैसम ?

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार ०६:१८

काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली रहने सम्भावना छ ।  देशभर मुख्यतया मौसम भने सफा रहेनेछ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अनुसार दिउँसो देशभर मौसममा आंशिक बदली रहनेछ ।

विभागका अनुसार राति कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.