राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार १२:०७

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन औपचारिक रूपमा प्रस्तुत गरेका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले हरेक वर्ष राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ। मानवअधिकारको अवस्था, चुनौती र आयोगका सिफारिसहरू समेटिएको सोही संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.