
विराटनगर । प्रतिनिधिसभा पुनर्स्थापनाको रिट निवेदन लिएर नेपाली कांग्रेले पनि सर्वोच्च अदालत पुगेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेलगतै नेपाली कांग्रेस पनि संसद पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुगेको हो ।
कांग्रेसका अधिकांश नेताहरु फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनुपर्ने मत राखिरहेका बेला कांग्रेसले वारेसमार्फत रिट पठाएको थियो । नेकपा एमालेले संसद पुनर्स्थापनाको माग गर्दै यसअघि नै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
























