सुनसरीबाट १९ किलो गाँजासहित २ जना पक्राउ

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १६:४०

विराटनगर । सुनसरीबाट १९ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक छन् ।

प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकललाई प्रहरीले आइतबार दिउँसो बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा रोकेर चेकजाँच गरेको थियो । मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका–६ का २१ वर्षीय रामनाथ यादव र पछाडि सवार भारत बिहार सुपौलका १९ वर्षीय भुषणकुमार यादवको साथमा रहेको झोलाबाट १९ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.