जेनजी सहिदहरूको नामावली अब सीडीओ कार्यालयमा राखिने

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १६:४७

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा राख्ने भएको छ ।

गृह मन्त्रालयले गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना सहिदहरूको नामावली तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयको कार्यकक्षमा राख्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

निर्देशनमा भनिएको छ, ‘जेनजी सुशासन योद्धाहरूको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनू ।’

जेनजी आन्दोलनको क्रममा मृत्यु भएका यी ४५ जनालाई सरकारले यसअघि नै सहिद घोषणा गरेको थियो । नामावली सीडीओ कार्यालयमा राखिएपछि उनीहरूको योगदानको सम्झना र सम्मान हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.