केपी ओलीसँग भिड्न तयार भएका ईश्वर पोखरेलले तयार पारे अवधारणा पत्र (पूर्णपाठसहित)

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १८:२०

काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न (प्रतिस्पर्धा गर्न) तयार भएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै अवधारणा पत्र तयार पारेका छन् ।

मंसिर २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनमा पोखरेलले एमालेको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा ओलीसँग भिड्न तयार भएका उनले छलफलका लागि राजनीतिक तथा सांगठनिक अवधारणा पत्र तयार पारेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार च्यासलस्थित पार्टी कार्यालय पुगेर ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका छन् । पोखरेलको अवधारणा पत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नहुने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने, नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्नुपर्ने, सहज ढंगले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्नुपर्ने लगायतका विषयमा उल्लेख छन् ।

पार्टीको प्रमुख पदमा लगातार २ कार्यकालको समयसीमा तोकिनुपर्नेमा उनको जोड छ । सीमित नेताहरू बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत अवधारणा पत्रमा उल्लेख गरिएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ र २४ गते भएका अकल्पनीय घटनाका कारण सिर्जित संवैधानिक र राजनीतिक रिक्तता छिटो अन्त्य गर्न एमालेले लिनुपर्ने नेतृत्वदायी भूमिकाका सम्बन्धमा नयाँ कार्यदिशा तय गर्नुपर्ने उल्लेख गरेका छन् ।

यस्तो छ अवधारणा पत्रको पूर्णपाठ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.