‘जेनजी महोत्सव’ आयोजना गर्दै अखिल क्रान्तिकारी

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १०:५३

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले युवाहरूको प्रतिभा र क्षमतालाई सम्मान गर्ने उद्देश्यका साथ ‘जेनजी महोत्सव’ आयोजना गर्ने भएको छ।

भोलि बुधबारदेखि २३ गतेसम्म चल्ने यो महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ। महोत्सव राष्ट्रियसभा गृह, भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुनेछ।

अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माले महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य युवाहरूको प्रतिभालाई उजागर गर्ने र उनीहरूको क्षमता तथा योग्यतालाई सम्मान गर्ने रहेको बताए।

उनले पार्टीभित्र जेनजी (नयाँ पुस्ता)लाई उचित प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको जानकारी दिएका छन्। यसअघि भदौ २३ र २४ गते भएको जेनजी विद्रोहकै कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.