सर्वोच्चको परमादेशपछि हितेन्द्रदेवले गरे प्राधिकरणमा पदबहाली

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १०:५३

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको परमादेशअनुसार बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका छन्।

सर्वोच्च अदालतले सोमबार शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नका लागि परमादेश जारी गरेको थियो। न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई बदर गर्दै यो फैसला सुनाएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए। त्यसपछि शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.