सुनसरीबाट विजय गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीलगायतकाे नाम सिफारिस

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १८:५९

विराटनगर । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री विजयकुमार गच्छदारसहित तीन जनाको नाम सिफारिस भएको छ । गच्छदारले आफूलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्न दबाब दिएका थिए । क्षेत्रिय समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति मेहदी हुसेनका अनुसार पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र ओम थापाको नाम सिफारिस भएको हो ।

२०४८ सालयता गच्छदार निरन्तर चुनाव लडिरहेका छन् । गच्छदार २०७९ सालको निर्वाचनमा भने नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए ।त्यसपघि उनी नै विजयी भएका थिए ।

सुनसरी क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिना गौतम, महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्बर २ बाट राजीव कोइराला, राजीव ढुङ्गाना र सीताराम मेहताको नाम सिफारिस भएको छ । सुनसरी क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी र नवीन श्रेष्ठको नाम सिफारिस भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.