बालुवाटारबाट बहिर्गमन कायरता होइन, बुद्धिमत्तापूर्ण कदम: ओली

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १५:१६

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने चर्को आरोपको बिहीबार राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रियामा दह्रो प्रतिवाद गरेका छन्।

ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र चौतर्फी घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको स्पष्ट पारे। उनले आफ्नो यो कदमलाई बुद्धिमत्तापूर्ण मुकाम परिवर्तनको संज्ञा दिए।

आफ्नो बचाउका लागि अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग कोट्याए। उनले विरोधीहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै, आफूलाई पाण्डवसँग दाँजे। उनले भने, “भाग्न त कौरवहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि अर्कातिरबाट भाग्दिए। भागेकै हुन् पाण्डवहरू, तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्‍याएर भागेका हुन्।”

ओलीले आफूलाई सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नुपरेको तर्क गरे। उनले प्रश्न गरे, “म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ। भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ?” उनले यो विपक्षीले लखेटेर नभई आफूले नै “वल्लो घरबाट पल्लो घर” सरेको जस्तो मात्र भएको र यो कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.