डीगबहादुर लिम्बू भन्छन्,‘अब प्रदेश सभापतिमा उठ्छु’

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १५:३९

विराटनगर । नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्वमन्त्री डीगबहादुर लिम्बूले नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

दुई कार्यकाल मोरङ जिल्लाको सभापति बनेका लिम्बूले आगामी प्रदेश अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

‘दुई पटक जिल्लामा रहेर काम गरियो, अब प्रदेश समितिको नेतृत्व गरेर काम गर्ने मन छ,’ उनले भने,‘ आगामी अधिवेशनमा उम्मेदवार बन्छु ।’

उनी तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको पनि माेरङ जिल्ला सभापति हुन् ।

मोरङ क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका लिम्बू नेपाली कांग्रेस भित्र डाक्टर शेखर कोइरालाको समूहमा छन् । कोइरालाकै समूहबाट उनी प्रदेश सभापतिमा उठ्ने तयारीमा जुटेका हुन् ।

लिम्बू फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा पनि पार्टीबाट उम्मेदवार सिफारिस भएका छन् ।

१४ औं महाधिवेशन अन्तरगत भएको पहिलो प्रदेश अधिवेशनबाट उद्धव थापा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.