
काठमाडौं । अन्तरिम सरकारले जेनजी आन्दोलनको छानविनका लागि गठन गरेको ‘भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोग’को कार्यादेश थप गर्ने निर्णय गरेको छ ।
सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमति अनुसार मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
दुई पक्षबीच बुधबार साँझ भएको सम्झौता अनुसार पाँचवटा कार्यादेश थप्ने सहमति भएको थियो ।
आयोगको कार्यक्षेत्रको सीमितता बढाउने सन्दर्भमा कार्यक्षेत्र बढाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले बताए ।

























