डिगबहादुर लिम्बूको ‘बेस्ट अफ फाइभ’: २ जित र २ हारपछि फेरि उठ्ने इच्छा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १९:४४

विराटनगर । नेपाली कांग्रेस मोरङका सभापति  तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ बाट पुनः उम्मेदवार सिफारिस भएका छन् ।

विगत १८ वर्षमा ४ पटक संसदीय निर्वाचन लडेर २ वटामा जित र २ वटामा हार व्यहोरेका लिम्बू यसपटकको चुनावलाई आफ्नो ‘फाइनल’ प्रतिस्पर्धा भएको बताउँछन् ।  क्षेत्रीय समितिले प्रत्यक्षतर्फ उनीसहित खड्गबहादुर फागो र दिब्या बस्नेतको नाम सिफारिस गरेको थियो ।

डा. शेखर कोइराला समूहका प्रभावशाली नेता लिम्बूले यो आफ्नो पाँचौं प्रयास (लक्की नम्बर ५) हुने बताए । ‘यो मेरो बेस्ट अफ फाइभ हो । अब संसदीय राजनीतिबाट ‘रिटायरमेन्ट’ लिने पक्षमा छु । तर, पार्टी संगठनमा भने काम गरिरहनेछु,’ उनले भने । उनको चाहना अब पार्टीको कोशी प्रदेश सभापति बन्ने रहेको छ ।

शिक्षक पृष्ठभूमिबाट आएका लिम्बूको एमाले नेता तथा उनका मिल्ने साथी घनश्याम खतिवडासँग लामो चुनावी रस्साकस्सी छ । २०६४ मा माओवादीका उम्मेदवारसँग पराजित भएका लिम्बूले त्यसपछिका ३ चुनावमा खतिवडासँग प्रतिस्पर्धा गरे ।

जसमा २०७० र २०७९ मा लिम्बूले जिते भने २०७४ मा खतिवडाले बाजी मारे । यसपटक पनि एमालेबाट खतिवडा नै उम्मेदवार बन्ने तयारीमा रहेकाले २ साथीबीच चौथो र निर्णायक प्रतिस्पर्धा हुने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.