कटहरीमा खाना पकाउने क्रममा जलेर महिला गम्भीर घाइते

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार २०:०५

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर एक महिला गम्भीर घाइते भएकी छन् ।

कटहरी गाउँपालिका–२ हल्दिबारी बस्ने ४७ वर्षीया मीनादेवी राजवंशी मंगलबार दिउँसो आफ्नै घरमा जलेर घाइते भएकी हुन् ।

दिउँसो करिब १ बजेतिर घरको चुलोमा खाना पकाउने क्रममा अचानक उनले लगाएको सारीमा आगो सल्किएको थियो । आगलागीबाट राजवंशीको खुट्टा, कम्मर र पेटको भाग गरी करिब ४० प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको अहिले कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ  ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.