जेन-जी आन्दोलनमा क्षतिग्रस्त कोइराला निवास मर्मत

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १३:३३

विराटनगर। जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते अराजक समूहले आगजनी गर्दा क्षतिग्रस्त भएको ऐतिहासिक कोइराला निवासको पक्की खण्ड डा. शेखर कोइरालाले मर्मत गराएका  छन्। मर्मत सम्भारको काम सकिएपछि डा. कोइराला सोही निवासमा बस्न थालेका छन्।

कृष्णप्रसाद कोइरालाले बनाएको १२० वर्षभन्दा पुरानो काठको संरचना भने आगजनीका कारण पूर्ण रूपमा ध्वस्त भएको थियो। कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंका अनुसार उक्त ऐतिहासिक संरचनालाई पुरानै शैलीमा पुनर्निर्माण गर्नका लागि इन्जिनियरले नक्सा तयार गरिसकेका छन्।

राणाविरोधी आन्दोलनदेखि विभिन्न जनआन्दोलनको साक्षी रहेको यो घरलाई राजनीतिक चेतनाको धरोहरका रूपमा लिइन्छ। कोइराला परिवारको अंशबण्डामा यो ऐतिहासिक घर डा. शेखर कोइरालाको भागमा परेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.