
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त चारैजना मन्त्रीहरूले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगाएतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।
प्रधानमन्त्री कार्कीले कुमार इङ्नामलाई भूमि व्यवस्था, राजेन्द्रसिंह भण्डारीलाई श्रम, माधव चौलागाईंलाई वन तथा श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएकी छन्। यी नयाँ मन्त्रीहरू थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् अब १४ सदस्यीय भएको छ ।

























