राप्रपाले महाधिवेशन र निर्वाचन तयारी सँगसँगै गर्ने

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १७:०५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी र पार्टीको नियमित महाधिवेशनका कामहरू तथा संगठन निर्माणलाई एकसाथ परिचालन गर्ने भएको छ।

शुक्रबार सम्पन्न राप्रपा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी महाधिवेशनको काम र निर्वाचनको तयारी सँगसँगै अघि बढाउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिने निर्णय गरिएको जानकारी दिए।

यद्यपि, अध्यक्ष लिङ्देनले राजनीतिक समस्याहरूको समाधान नगरी गरिने निर्वाचनले देशलाई निकास दिन नसक्ने पार्टीको मान्यतामा राप्रपा अडिग रहेको बताए।

राप्रपाले सरकार र ‘जेन जी’  बीच भएको सहमतिमा साझा धारणा नबनेको र उक्त सम्झौता कार्यान्वयनको समय सीमा समेत निर्धारण नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। राप्रपाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सवालमा आम जनभावनाको प्रतिनिधित्व हुने गरी संविधान संशोधन गरिनुपर्ने माग गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.