एमालेकाे महाधिवेशन आजदेखि

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार ०७:१२

काठमाडौं  । नेकपा (एमाले)काे ११ औँ राष्ट्रिय महाधिवेशन आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा महाधिवेशन हुँदैछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिए ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको बताए ।

उनले नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.