आर्यघाटको आगो

Share this
734shares
मुलुकी खबर
सुमन अधिकारी 'प्रतीक'
clock२०८२ मंसिर २७, शनिबार १०:४२

आगो बलिरहेथ्यो

म बलेको आगोलाई हेरिरहेँ।

सधैँ मान्छेहरू आगो तापिरहेका पाउँथे म,

तर आज मान्छेहरू आगो तापिरहेका छैनन्,

किन? म सोच्छु, आखिर किन?

आगो त्यही हो जुन बलिरहेछ।

मान्छे तिनै हुन् जो तापिरहन्थे आगो।

तर आज किन तापेका छैनन्?

मेरो मनले उत्तर खोज्छ,

म सम्झन्छु आगोको उत्तर

आखिर त्यो आगो आर्यघाटको थियो।

फरक आगो हो कि, फरक मान्छे हुन्?

आगो उही हो, मान्छे तिनै हुन्।

फरक मात्र ठाउँ थियो,

फरक मात्र स्थिति थियो।

आगो ताप्ने ठाउँमा मान्छेका चिच्याहट सुन्थेँ म,

तर आज आगो बलेको ठाउँमा शून्यता,

शून्यता मात्र शून्यता।

फरक यति थियो-

त्यो आर्यघाटको आगो थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×