मोरङमा हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार ११:०८
फाइल तस्बिर

विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरबाट दूध बिक्री गर्न विराटचोकतर्फ जाँदै गर्दा घिमिरेलाई शनिबार बिहान ६ः३० बजेतिर जंगली हात्तीले आक्रमण गरेको थियो ।

अचानक जंगली हात्तीको आक्रमणमा परेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.