झापा सुधार केन्द्रबाट ७ जना फरार

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १२:०७

झापा । झापा को कमल गाउँपालिका–५ पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना पुरुषहरू शुक्रवार साँझ करिब सात बजेतिर फरार भएका छन् ।

उनीहरू मुख्य गेटको पर्खाल नाघेर भागेको प्रहरीले जनाएको छ । फरार हुनेमा दमक, कमल र गौरादह नगरपालिकाका विभिन्न उमेर समूहका व्यक्तिहरू छन् ।

घटनालगत्तै केन्द्रका कर्मचारीले प्रहरीलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बालकुमार नेवारको कमाण्डमा टोली खटिएर अहिले फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.