बढे आगलागीका घटना, महिनामै ८ जनाको मृत्यु

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १२:२०
प्रतीकात्मक तस्बिर

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै देशैभर आगलागीका घटनाहरूमा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै पछिल्लो एक महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार कात्तिक २५ गतेदेखि मङ्सिर २६ गतेसम्म देशका विभिन्न स्थानमा भएका आगलागीका घटनाहरूमा ८ जनाको ज्यान गएको छ । ५५ जना घाइते भएका छन् ।

आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सबैले सावधानी अपनाउनु आवश्यक देखिएको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.