संविधान घायल छ, लोकतन्त्र कमजोर बनाइयो: पोखरेल

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १३:५१

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको संविधान घायल भएको र लोकतन्त्र कमजोर भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासचिव पोखरेलले भदौ २३ पछिका घटनाहरूलाई ‘प्रतिगमन’ को संज्ञा दिएका छन् ।

उनले भने, “संविधान घायल भएको छ। लोकतन्त्र कमजोर बनाइएको छ। जनताले निर्वाचित गरेको प्रतिनिधिसभा विघटन भएको छ।” महासचिव पोखरेलले भदौ २३ र २४ को घटनापछि एमालेविरुद्ध सङ्गठित र सुनियोजित रूपमा प्रहार गरी पार्टीको भविष्य समाप्त भयो भन्ने प्रचारबाजी भए पनि महाधिवेशनमा देखिएको भव्य उपस्थितिले एमाले थप बलियो भएको पुष्टि गरेको दाबी गरे।

“हामी सरकारबाट बाहिरिएका छौँ, तर नेपाली जनताको मनमा छौँ,” पोखरेलले भने, “यो उपस्थितिले एमाले थप बलियो भएको छ भन्ने सन्देश दिएको छ।” पोखरेलले नेकपा एमालेले विकास, समृद्धि र राष्ट्रिय स्वाधीनताका पक्षमा सधैँ अगुवाइ गर्दै आएको र गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.