एमाले महाधिवेशनलाई ठूला दलका नेताको ‘बेवास्ता’

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १४:२६

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनलाई प्रमुख दलहरु नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बेवास्ता गरेका छन्। भक्तपुरको सल्लाघारीमा आज (शनिबार) भएको महाधिवेशन उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी भएका छैनन् ।

एमालेले निम्ता दिए पनि नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा उद्घाटनमा गएनन् । देउवाले आफ्नो सट्टामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशनमा पठाउने पार्टीले जनाएको छ ।

त्यसैगरी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपाका पनि शीर्ष नेताहरू सहभागी नहुने भएका छन् । नेकपाबाट नेता देव गुरुङ महाधिवेशनको उद्घाटनमा जाँदै छन्। शीर्ष नेताहरू प्रचण्ड र नेता माधव नेपाल भने पार्टीको सन्देशसभालाई सम्बोधन गर्न सुर्खेतको कार्यक्रममा सहभागी हुँदै छन्।

यसैबीच, अन्य केही दलका प्रमुख नेताहरू भने महाधिवेशनमा सहभागी हुँदैछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा सहभागी हुने भएका छन्। यसैगरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द …विप्लवÚ पनि महाधिवेशनमा सहभागी हुँदै छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.