महाधिवेशनमा ओली : खयरको बोटमा कसैले ढुंगा हान्दैन

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १४:५३

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले लटरम्म फलेको आँप जस्तै भएकाले प्रहार भइरहेको बताएका छन् ।

शनिबार नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘खयरको बोटमा कसैले ढुंगा हान्दैन, ढुंगा हान्ने बाटो छेउमा लटरम्म फलेको आँपलाई हो,’ उनले भने,‘ जस्तोसुकै प्रहार भएपनि एमाले सत्तीसाल झै उभिरहन्छ ।’

उनले भदौं २३ र २४ गतेको घटनालाई अततायी घटना भएको दाबी गरे । देशमा शून्यता सृजना गर्न अराजक समूहले सडयन्त्र गर्दा भदौं २३ र २४ गतेको घटना भएको उनले बताए ।

जेनजी आन्दोलनका क्रममा थप क्षति नहोस् भनेर आफूले राजीनामा दिएको बताउँदै उनले हेलिकप्टरमा चढेर नभागेको बताए । महाभारतको प्रशंग निकाल्दै उनले सुरक्षाका लागि आफू सेनाको हेलिकप्टरमा गएको बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए । प्रतिनिधिसभा विघटन मान्य नहुने बताउँदै उनले प्रतिनिधिसभा तत्काल पुनस्थापना हुनुपर्ने बताए । चुनावको मिति तोकिएपनि चुनावको तयारी कतै नदेखिएको ओलीले बताए । सरकारले चुनाव गर्ने छाटकाट नै नदेखाएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.