एमाले चुनावबाट भाग्ने पार्टी होइन, बहुमत ल्याउँछ

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १५:१३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने बताएका छन् । तर, अहिले निर्वाचनको वातावरण नबनेको उनले बताए ।

शनिबार पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले निर्वाचनको वातावरण तयार नगरेको बताएका हुन् ।

उनले अहिलेको डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त भएर चुनाव हुँदा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ उनले भने‘तर अहिले चुनाव हुँदै छ र ? चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.